• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको आयोजनामा यहि जेठ २२ गतेदेखि नेपालमै पहिलो पटक विजनेश ऐकाडेमी २०१९ सञ्चालन हुने भएको छ ।
    ‘ कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रद्धारा हुन सक्दछ’ भन्ने जेसीजको पवित्र आस्था अनुरुप जेसीजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा शसक्त बनाइ राष्ट्रलाई आर्थिक समृद्ध बनाउने अभियानका साथ यो ऐकाडेमीको आयोजना गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले बताउनु भयो ।
    पोखराको ग्राण्ड होटलमा ४ दिनसम्म सञ्चालन हुने यो ऐकाडेमीमा व्यवसायिक रुपमा सफल अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुद्धारा एकाडेमी सञ्चालन हुनेछ । मुख्य प्रशिक्षकका रुपमा भारतका रमन न¥यर र प्रशिक्षकका रुपमा भारतकै सेली चौधरी नेपालका उदाउँदा ट्रेनर सिनेटर राजाबाबु शाह रहनु भएको छ । एकाडेमीमा सहभागि हुनका लागि कुनै न कुनै व्यवसायमा संलग्न भएको हुनु पर्नेछ भने एउटा शाखाबाट बढीमा ३ जनाले मात्र सहभागिता जनाउन पाउने व्यावसायिक क्षेत्रका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषालले बताउनु भयो । यसैगरी ऐकाडेमीमा सहभागिताका लागि जेठ १६ गतेभित्रमा नेपाल जेसीजको सचिवालयमा आफ्नो नाम रजिष्टर गराइसक्नु पर्नेछ । यसका लागि नेपाल जेसीजले राष्ट्रिय बाणिज्य बंैकको खाता नम्बर सबै शाखाहरुलाई पठाइसकेकोले उक्ता खाता नम्बरमा रकम जम्मा गर्नु पर्नेछ । ऐकाडेमीमा ८० जनाको सहभागिता रहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…