झापा। गत वैशाख २७ गते शुक्रबार देखि झापा गौरादहका एक व्यक्ति अनशनरत छ्न। उनी हुन गौरादह वडा न. १ निवासी याम बहादुर दाहाल। स्थानीय सृजना घिमिरे संगको आर्थिक कारोबारमा आफ्नो ३६ लाख रकम डुबेको कारण अनसन बसेको उनको दाबी छ।
गौरादह बजारमा अनशन थालेका उनले, आज आठ दिन बित्दा समेत अनशन तोडेका छैनन्। आफ्नो डुबेको रकम उठाउन अनशन नै बस्नुपरेको पक्कै पनि यो नौलो घटना हो।
नगरपालिका , नगर न्यायिक समिति तथा प्रहरी कार्यालयमा पटकपटकको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि उनले अनशन थालेका थिए।
उनले अनशन थालनी गरेको दिन देखिको घटनाक्रम यस्तो छ:-
वैशाख २७-: गौरादह बजारमा अनसनको थालनी,
वैशाख २८:- उनको जीवन रक्षा तथा छिटोभन्दा छिटो घटनाको वास्तविकता पत्ता लगाई समस्याको समाधान गर्न माग गर्दै स्वतस्फूर्त रुपमा महिलाहरुको समुहले पिडक भनिएकी सृजना घिमिरेको घर घेराउ,
वैशाख २९:- पुन: दबाब दिने उदेश्यले घर घेराउ,
वैशाख ३०:- उद्योग वाणिज्य संघ गौरादहले बिहान पत्रकार सम्मेलन गरि दाहालको जीवन रक्षाका लागि आफ्ना चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपि श्यामल सुब्बाको टोली अनसन स्थलमा आएर दाहाल संग सामान्य सोधपुछ ,
वैशाख ३१ :- ईलाका प्रहरी कार्यालय दमकमा छलफलको वातावरण तय भएपछी उद्योग वाणिज्य संघद्वारा आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता , प्रहरी कार्यालय दमकमा दुई पक्ष बीच व्यापक छलफल तर निष्कर्ष निस्कन असफल,
जेठ १ :- पुन: ईलाका प्रहरी कार्यालय दमकमा छलफल तर फेरि पनि निचोडमा पुग्न असफल,
दमकको छलफल निष्कर्षबिहिन भए संगै पिडक भनिएकी सृजना घिमिरेकै घरमा स्थानीय महिलाहरुको समुहले गौरादह बजारबाट अनशनरत दाहाललाई सारेका थिए।
स्थानीय सरकार रमिते !
अनशन थालेको भोलिपल्ट नगरपालिकाले बैठक डाकेको थियो तर सदस्य संख्या नपुगेको भन्दै बैठक नबसी स्थगित भएको थियो। पुन: अर्को दिनलाई बैठक बस्ने भनिएता पनि सदस्य संख्या नपुगेको भन्दै बैठक नै बस्न सकेन।
यदि दाहाल पीडित हुनभने उनलाई आफ्नो डुबेको रकम उठाउन स्थानीय सरकार किन सहयोग गर्दैन? नगर न्यायीक समितीले १६ लाख ७५ हजारको आर्थिक कारोबार भएको ठहर गरेको थियो तर किन उक्त रकम तिराउन सक्दैन? कतै जनप्रतिनिधिकै संरक्षणमा सृजना रहेकी त छैनन?
यता दाहाल दोषी हुनभने स्थानीय सरकार किन दाहाललाई कारबाही गर्न सकिरहेको छैन। दाहाल यतिबेला घिमिरेकै घरमा अनशन बसिरहेका छ्न। के अर्काको घरमा यसरी अनशन बस्न पाईन्छ ? जनप्रतिनिधिको दोहोरी चरीत्र देख्न यतिबेला गौरादहबासी बाध्य भएका छ्न।
उद्योग वाणिज्य संघको भुमिका शंकास्पद !
अनशनरत दाहालको जीवन रक्षा तथा यथाशीघ्र समस्याको समाधान गर्न सम्बन्धित निकायलाई दबाब दिने भन्दै उद्योग वाणिज्य संघले राष्ट्रिय स्तरका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेको थियो। उसले यति मात्र होइन, आफ्ना चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। तर आन्दोलनका कार्यक्रम घोषणा गरेको २४ घण्टा बित्न नपाउदै उसले आफ्ना सम्पूर्ण कार्यक्रम फिर्ता गरेको थियो।
संघको नेतृत्व किन पछि हटेको? उद्योग वाणिज्य जस्तो जिम्मेवार संघले किन अपरिपक्व निर्णय गर्यो? यसको जवाफ हामीलाई दिनुपर्छ। स्थानीय एक व्यापारी बताउछ्न।
उद्योग वाणिज्य संघलाई व्यापक राजनैतिक दबाबका कारण आफ्ना कार्यक्रमबाट ब्याक हुनुपर्ने स्थिति आएको स्रोतको भनाई छ।