• काठमाडौं। पार्टी एकीकरण भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनहरुको एकताको टुंगो लगाएको छ ।
    नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेतृत्वको टुंगो लगाउँदै तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको छ।

    विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, युवा संघमा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सहसंयोजक, महिलाको संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत् सिम्खडा तोकिएका छन्।

    यस्तै प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, प्रेसतर्फ महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन्।

    पेसागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक, जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक, मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन्।

    सोही बैठकले किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठकलाई तोकेको छ।

    सचिवलय बैठकले पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्य्विभाजनको भने टुंगो लगाएको छैन । केही दिनभित्र नै यसको काम सक्ने नेकपाले तयारी थालेको छ । नेतृत्व टुंगो लागेको जनवर्गीय संगठनको घोषणा पार्टी एकता भएको दिन आज गरिने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…