• जेठ ३, काठमाडौं । कम्युनिस्ट आन्दोलनको सार्थकता पुष्टि गर्न तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले गरेका भाषण हालसम्म पनि चर्चामा आउँछन् । कम्युनिस्ट सत्तामा पुगेर विलासी व्यवहार देखाउने नेता र युवाका लागि स्व. मदन भण्डारीका भाषण प्रेरणाका स्रोत पनि हुन् ।

    मदनले भन्ने गर्थे ‘घरमा हात्ती पाल्दाखेरि धेरै घाँस, धेरै भुस, धेरै उसलाई दाना चाहिन्छ । तर एउटा बोको पाल्नुभयो भने त्यो बोकोलाई थोरै घाँसले पुग्ने थियो । यसअर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले १५–२० हजारमा त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला । तर यो अभिसामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन ।’

    मदनले त्यतिबेला देखेको गणतन्त्रको सपना पूरा भएको छ । एकै पुस्ताका जेठा छोरा निरन्तर राष्ट्र प्रमुख बन्ने राजतन्त्र समाप्त भएको छ । गणतन्त्र आएको दशक वितेको छ । जनताबाट जनता नै निर्वाचित राष्ट्रपति प्रणाली छ । उनकै पत्नी विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति बनेकी छन् । मदनको निधन भएपछिका २६ बर्षमा नेपालको वाम आन्दोलन सानो परिधिमा मात्र सिमित रहेको छैन । राष्ट्रिय राजनीतिमा मदनको प्रभाव अझै बढ्दै गएको छ । तर, राष्ट्रपति भण्डारीले गरिरहेको व्यवहार भने उनकै पति तथा गणतन्त्रका नायक मदनकै विचारको खिलाप रहेको भन्दै धेरैले आलोचन गर्दै आएका छन् ।

    मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई २०५४ सालदेखि नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्यो । यसबीचका २६ बर्षमा मदन भण्डारीबारे धेरै विचारविमर्श र शोधकार्यहरु भएका छन् । मदन भण्डारीले समाजवादसम्म पुग्ने बाटो निर्दिष्ट गर्दै कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणमा जोड दिएका छन् । मदन भण्डारी माक्र्सवादी सिद्धान्तका प्रखर प्रयोगकर्ता, दृढ कम्युनिस्ट नेता र समाजवाद स्थापनाको नेपाली मार्गचित्र अर्थात जनताको बहुदलीय जनवादको खाका कोर्ने विचारक हुन् । उनको विचार अनुसार राज्यका शासकका खर्च, व्यवहार र शैली मितव्ययी, जनप्रिय र सर्वहारा जनताको हैसियत बराबर हुनुपर्छ ।

    स्व. मदन आफ्नो जीवनको अन्तिमसम्म उनकै भाषामा ‘अभिजात्य वर्ग’ र विलासी प्रवृत्तिविरुद्ध लडिरहे । तर उनकै आदर्शबाट उदाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज मदन भण्डारीको आदर्शलाई किन बिर्सिइन् ?
    तर, मदनपत्नी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको खर्च, व्यवहार र शैली न मितव्ययी छ न त जनप्रिय नै । उनकै पति गणतन्त्रका मुख्य नायककै विचार विपरित उनको क्रियाकलाप देखिएको धेरैको टिप्पणी छ । स्व. मदन आफ्नो जीवनको अन्तिमसम्म उनकै भाषामा ‘अभिजात्य वर्ग’ र विलासी प्रवृत्तिविरुद्ध लडिरहे । तर, उनकै आदर्शबाट उदाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज मदन भण्डारीको आदर्शलाई किन बिर्सिइन् ? यो प्रश्न जीवितै छ । उनको रवाफ देख्दा सबैले प्रश्न गर्दै आएका छन् – ‘मदन भण्डारीले भनेझै राष्ट्रपतिलाई पाल्नु हात्ती पालेझै छ कि बोका पालेझै ?’

    मदन भण्डारी साइकल चढ्थे, आज विद्या भण्डारी उनकै बुइ चढेर करोडौंको विलाशी गाडी र हेलिकप्टर चढ्छिन् ।

    गणतन्त्रको सपना देखाउने मदनको २०५० सालमा हत्या भयो । त्यसको करिब दशकपछि मुलुकमा राजतन्त्रको अन्त्य भयो । र, राष्ट्रपतिलाई निर्वाचित गर्ने संवैधानिक व्यवस्था गरियो । हाल तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सरकार मुख्य पदमा नेकपाकै नेता पुगेका छन् । मदन भण्डारीको मजदूर र किसान पक्षीय विचारको जगमा उभिएको पार्टीको तर्फबाट निर्वाचित भएकी राष्ट्रपति भण्डारी सेवासुविधा र कार्यशैलीका कारण निरन्तर विवादमा तानिदै आएकी छिन् । शितलनिवास बाहिर आवतजावत गर्दा सडक र अन्तराष्ट्रिय भ्रमणमा जाँदा विमानस्थल नै ठप्प हुने प्रवृत्तिले सर्वसाधारण दिक्क छन् । हिजो राजाको कार्यशैलीविरुद्ध आवाज उठाएका स्व. मदन भण्डारी पत्नी विद्या भण्डारी हाल राजाकै कार्यशैलीमा उत्रिएको आरोप लाग्ने गरेको छ ।

    राष्ट्रपतिलाई अझ सुविधा दिनका लागि, बिलासी बनाउनका लागि गणतन्त्र ल्याइएको हो ? धनी मुलुकले सुहाउँदो गरिरहेको होला तर, हामी डेढ अर्बको हेलिकप्टर राष्ट्रपतिका लागि सधैँ प्रयोग गर्न सक्ने अवस्थामा छौँ त ? त्यसका कुनै तर्क छ ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…