बाहुण्डाँगी । बिहिवारदेखि मेचीनगर ३ को पहलेधापमा सुरु भएको क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार रोङ गाउँपालिका र बाहुण्डाँगी युवा क्लब विजयी भएका छन् ।
जनहित समावेसी समाज मेचीनगर ३ को ५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा रोङ गाउापालिकाले केकेएफसी फुटबल क्बललाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित खेलमा २÷२ को बराबरी भएपछि जितका लागि टाइब्रेकरमा लगिएको थियो ।
बाहुण्डाँगीले जागृति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
शनिवारको पहिलो खेल जायोन फुटबल क्बलका विरुद्ध न्यू स्टार बुद्ध शान्ति तथा दोस्रो खेल धरधरे युवा क्बल र पाँचपोखरी युवा क्लबबिच हुने आयोजक क्लबका अध्यक्ष छत्र सारु मगरले बताउनु भयो ।
११ गते हुने प्रतियोगिताको मुख्य प्रायोजक बहुवन सामुदायिक वनबाट पहिलो पुरस्कार ३० हजार प्राप्त् भएको छ भने मेचीनगर १४ का नरेन्द्र मेचेले दोस्रो पुरस्कार नगद २० हजार सहयोग गर्नु भएको छ ।