उर्लाबारी । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले मदन भण्डारीको सिद्धान्त र विचार वर्तमान समयमा अझ सान्दर्भिक भएको बताउनुभएको छ । मोरङ्गको रतुवामाई नगरपालिकामा रहेको मदन‐आश्रित फाउण्डेसनद्वारा आयोजित २६ औं मदन आश्रीत स्मृति दिवसलाई प्रमुख अतिथिकारुपमा सम्वोधन गर्दै नेकपा नेता पाण्डेले उक्त बिचार ब्यक्त गनुभएको हो ।
उहाले मदन भण्डारीसँग समकालीन नेपाली समाजको ठोस विश्लेषण गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै समाज बिकासको भाबि गति लाई समेत बुझन सक्ने बस्तुनिष्ठ दृष्टिकोण रहेको बताउनु भयो । नेकपा नेतृत्वको बर्तमान सरकारले अघि सारेको संबृद्घ नेपाल ,सुखी नेपालीको नारालाई सफल बनाउन समाजबादी अर्थ ब्यवस्थालाई कार्यन्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको उल्लेख गर्दै ब्यवहारिक र जीबन उपयोगी शिक्षा प्रणालीको बिकासको आवश्यक्ता औँल्याउनुभयो । “ किताब पढेर मात्र हुदैन ,किताब बाट पाप्त गरेको ज्ञान जीबनमा उतार्नु चाहि वास्तबिक पढाई हो“ भन्ने मदन भण्डारीको भनाइ पनि नेता पाण्डेले स्करण गर्नुभयो ।
नेपाली जनताले शब्दमा मात्र समाजवाद नखोजेको भन्दै घुमौरो भाषामा बर्तमान सरकारको कार्यशैली प्रति उहाँले असन्तुष्टि समेत ब्यक्त गनुभयोे ।
समाजवाद तर्फको यात्रामा अघि बढन राज्यले आधारभूतरुपमा शिक्षा, स्वास्थ्य ,र जेष्ठ नागरिकहरुको संरक्षणको जिम्मा लिनुपर्ने बताउनुभयो । आगामी बजेटमा जेष्ठ नागरिकको भक्तामा कम्तिमा एक हजार रुपैया बृद्घि गरिने समेत नेता पाण्डेले उद्घोस गर्नुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्रि जीवन घिमिरेले नेपाली जन्ताले आज उपयोग गर्दै गरेको संघिय लोकतन्त्रिक गणतन्त्र मदन भण्डारीकै बिचारको उपज भएको दाबि गर्नु भयो । मदन भण्डारीे नेपाली क्रान्तिको बैचारिक नेता भएको उहाँको भनाई थियो ।
पूर्व वाणिज्य तथा आपुर्तिमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले मदन भण्डारी ,जिवराज आश्रित लगायतका अग्रजहरुको बिचारहरुको कार्यन्वयन गर्न सकेमात्र कम्युनिष्ट आन्दोलन सहि दिशामा अघि बढन सक्ने बताउनुभयो ।
संबिधानसभा सदस्य ऋषिकेश पोख्रेलले मदन भण्डारीकै बैचारिक अगुवाईमा एकिकृत कम्युनिष्ट पार्टीको निर्माण भएको बताउनुभयो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएको लामो समयसम्म पनि एकिकृत कमिटीहरु निर्माण हुन नसक्दा कार्यक्रर्ताहरु जिम्मेवारी बिहिन भएको भन्दै अहिले पार्टी संगठन सुस्त अवस्थामा रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
रतुवामाई नगरपालिकाका नगर प्रमुख रबिन राईले राष्ट्रलाई मार्ग दर्शन गर्ने कुनैपनि नेतालाई पार्टीको साँघुरो घेराबाट हेर्न नहुने बिचार ब्यक्त गर्नुभयो । मदन भण्डारी,बिपि कोईराला,गिरिजाप्रसाद कोइराला जस्ता राजनेताहरु सबै पार्टीका साझा सम्पति भएको भन्दै यस्ता ब्यक्तित्वहरुको सम्मान गर्न उहाले आग्रह गर्नुभयो । मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवादको सिद्धान्तको प्रशंसा गर्दै मदन भण्डारी नेपालको मात्र नभएर दक्षिण एसियाकै सफल नेता भएको बिचार राख्नुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल,प्रदेश सांसदहरु यसोधा अधिकारी,साबित्रा रेग्मी,मिना यादब,गुलेफन खातुन,कुशल लिम्बु ,लिलावल्लब अधिकारी र शिवनारायण सिंहको सहभागिता रहेको थियो । त्यसै गरि नेपका केन्द्रीय सदस्य महेश रेग्मी,मोरङ्ग जिल्ला सचिब गोपी आछामी लगायत बिभिन्न नगरपालिकाहरुका मेयर तथा उपमेयरहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
मदन आश्रीत फाउण्डेसनका अध्यक्ष मेगनाथ कट्टेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव थिरनाथ दाहालले गर्नुभएको थियो ।
दन‐आश्रित फाउन्डेशनका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले नेकपा माले स्थापना स्थलको संरक्षण एवम् बिकास गरिने जानकारी दिनुभयो । यस अन्तर्गत पहिलो चरणमा पार्टी स्तम्भ निर्माण गरिने उहाँले बताउनु भयो । अध्यक्ष कट्टेलका अनुसार यस स्तम्भमा नेकपा मालेको ऐतिहासिक सम्मेलनमा सहभागि सम्पुर्ण प्रतिनिधिहरुको स्मारक निर्माण एवम् उक्त सम्मेलनका दस्ताबेजहरुको अभिलेखिकरण गरिने छ । फाउन्डेशनका सचिब थिरनाथ दहालले पार्टी स्तम्भ निर्माणमा सहयोग गर्न पार्टी नेतृत्व र स्थानियवासीलाई आग्रह गनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तत्कालिन नेकपा एमाले पक्षले २०३५ सालमा स्थापना भएको नेकपा मालेलाई पार्टीको मुल प्रवाह मान्दै आएको छ ।२०३५ साल पुस ११ गते हाल रतुवामाई नगरपालिका वडा नम्बर ९ मा पर्ने बक्राहा खोला किनारमा रहेको डिपु गाँउमा नेकपा मालेको स्थापना भएको थियो । स्थानिय टेकवहादुर राईको घरमा भएको कोअडिनेसन केन्द्रको सम्मेलनबाट सिपी मैनालीको नेतृत्वमा नेकपा मालेको गठन भएको हो । २५ जना प्रतिनिधि सहभागी उक्त सम्मेलनले महासचिब सिपी मैनाली सहित ११ जनाको केन्द्रिय कमिटी निर्माण गरेको थियो । मदन भण्डारी र जिवराज आश्रित दुबै जना केन्द्रिय कमिटीमा चयन हुनु भएको थियो । २०४६ सालमा भएको एकपा मालेको चौथो महाधिवेसनबाट मदन भण्डारी महासचिब निर्वाचित हुनु भएको थियो। २०४८ सालमा नेकपा माले र नेकपा माक्र्सवादीबिच एकिकरण भई नेकपा एमाले बनेको थियो ।
मदन भण्डारीको कर्मथलोको रुपमा रहेको इटहरामा सार्वजनिकरुपमा मदन‐आश्रित स्मृति दिवस मनाईएको यो पहिलो पटक हो । भण्डारीकै गाँउमा उहाँको बिचार र योगदानहरुको चिन्तन मनन् गर्न पाउदा स्थानियवासी प्रशन्न भएका छन् ।