मोरङ । कानेपोखरी गाँउपालिकामा रहेका २४ वटा सामुदायिक बिद्यालयमा अध्यनरत बाल शिक्षाका बिद्यार्थीहरुलाई समाजसेवी देवेन्द्र लुईटेलले विभिन्न शैक्षिक सामाग्री वितरण गरेका छन् ।
समाजसेवी लुईटेलले गाउँपालिकाभित्र रहेका २४ वटा बिद्यालयमा अध्यनरत २५० जना बाल शिक्षाका बिद्यार्थीहरुलाई २५० वटा ब्याग, पेनसिल, कलम, कापी, किताव लगायतका विभिन्न शैक्षिक सामाग्री वितरण गरेका छन् । लुईटेल गाउँपालिकाका सात वटै वडामा रहेका बिद्यालयहरुमा आफै पुगी उक्त शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
लुईटेलको कार्यबाट बिद्यालय परिवार र बिद्यार्थीका अभिभावकहरु खुशी बनेका छन् । लुईटेलको कामलाई देखेर बिद्यालय परिवार र बिद्यार्थीका अभिभावकहरु मात्र खुशी नभएर कानेपोखरी गाँउपालिकाका युवादेखि बुढाबुढीसम्मले लुईटेललाई सम्झने गर्दछन् । उनी अहिले गरिव र दिनदुखीको अभिभावक भएका छन् ।
यसअघि पनि उनले कानेपोखरी गाउँपालिकामा विभिन्न खालका सहयोग, खेलकुद समाग्रीहरु वितरण जस्ता कार्य गर्दे आएका छन् । यस्तो खालको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने लुईटेलले जानकारी दिए ।कानेपोखरी ३, बाट जेष्ठ नागरिकलाई धार्मिक तिर्थ स्थल घुमाउन लान सुरु गर्नु भएका लुईटेलले आगामि दिनमा अरु वडाका जेष्ट नागरिकलाई पनि घुमाउन लिएर जाने बताउनु भयो । पछिल्लो समय समाज सेवाको क्षेत्रमा कानेपोखरीमा चर्चित नाम हो, देवेन्द्र लुईटेल ।