• विराटनगर – नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिन्कोसमेत भाँच्न नसकेको टिप्पणी गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार स्थानीय सञ्चारकर्मीहरु सँगको कुराकानीमा देउवाले जनता र मुलुकको पक्षमा यो सरकारले केही गर्न नसकेको बताए।

    ‘सरकार गठन भएको डेढ वर्षको समयमा यो सरकारले सिङ्कोसमेत भाँच्न सकेको छैन’, देउवाले भने ‘सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिनेगरी काम गर्ने पक्षमा देखिँदैन।’ देउवाले हालैमात्र सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक काग्रेसले कुनै पनि हालतमा सदनबाट पास गर्न नदिनेसमेत बताए। नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानून ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको उनको भनाइ थियो। पत्रकारको पेसा भनेकै जनतालाई सुसूचित गर्ने भएकाले जनताले नपत्याउने समाचार लेखेमा त्यस्ता पत्रकार आफैँ सिद्धिने उनको धारण थियो।

    ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नि, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही लेख्न त आफै चाहँदैनन् नि?’ देउवाको प्रतिप्रश्न थियो। काग्रेसको नेतृत्व तहले तत्काल महाधिवेशन बोलाउन माग गरिरहेको समयमा सभापति देउवाले भने समय आएपछि महाधिवेशन हुने बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…