पुर्वी नेपालमा स्थापीत हुदै गरेका नेपाली कांग्रेसका युवा नेताहरुमध्ये छोटो समयमानै अग्रपंतिमा पर्न सफल रहेका युवा नेता हुन् होमनाथ पोख्रेल । २०४६ सालमा मोरङको इन्द्रपुर स्थीत हरैचामा जन्मिएका होमनाथ युवाहरुको आवाज बनी नेत्रीत्व लिइरहेका छन् । हरैचाको जनता मा.वि.बाट विद्यार्थी राजनैतिमा होमिएका होमनाथ सुकुना बहुमुखी क्याम्पस स्थीत नेपाल विद्यार्थी संघको इकाई सचिव हुँदै हाल मोरङ क्षेत्र नम्बर ३ का नेविसंघको क्षेत्रीय सभापति हुन् । प्रस्ट र आकर्षक भाषण कला भएका होमनाथ पोख्रेल संग हाल देशैभर भईरहेको नेपाली कांग्रेसको जनजागरण अभियान र राजनितिमा युवा सहभागीता बिषयमा विवेक मिश्रले गरेको कुराकानीको केहि अंश ।
राजनिति प्रति युवाहरुको वितृष्णा बढिरहेको अवस्थामा राजनितिमा कसरी आउनु भयो ?
हामिले बिस्वास गरेका नेताहरुले जिम्बेवारी पाउदाखेरी राम्रा काम गर्न नसक्दा र युवा लक्षीत कार्यक्रम गर्न नसक्दा युवाहरुलाई राजनितिमा बितृष्णा पैदा भएको हो तर राजनीति खराव हो भनेर आलोचना गर्नुभन्दा पनि त्यहा भित्रको बिकृतिलाई सुधार्नको लागी र नेपाली जनताले चाहेजस्तो राजनैतिक दल र जिम्बेवारी पुर्वक आम नागरीकलाई राजनिती प्रति आर्कर्षीत गर्नकै लागी म राजनितिमा प्रवेस गरेको हु ।
अहिले नेपाली कांग्रेसले देशै भरी जनजागरण अभियान चलाई राखेको छ यसको मूख्य उदेश्य चै के हो ?
अहिले नेपालमा कम्युनिष्टको सासन छ हिजो चुनावको बेलामा जसरी झुटो आस्वासन सहित नेपाली जनताको मत लिई दुइ तिहाईको सरकार निमार्ण गरीरहदाँ, आफ्नो घोषणा पत्रमा लेखिएको कुरा त पुरा गरेनन् संविधानमा लेखेका कयौ निति नियमहरु दुई तिहाइको बहुमतले आफु अनुकुल बनाईरहँदा थुप्रै नेपाली नागरीकमा निरासा छाईरहेको छ र नागरीकलाई अधिनायक बिरुद्ध लड्नका लागी देशै भरी जागरण गरी लोकतन्त्रको रक्षा गर्नको लागी आवस्यक रहेकोले गर्दा र अव आउने चुनावमा लोकतन्त्र पक्षधरको बिजय गराउदै फेरी नेपाली नागरीकलाई लोकतन्त्रको महसुस गराउन नेपाली कांग्रेसले यो अभियान सञ्चालन गरेको हो ।
कांग्रेस पार्टी भित्रको गुटबन्दी लाई कसरी हेर्नुभएको छ ?
लोकतन्त्रमा फरक मत, फरक विचार राख्न छुट हुन्छ नेपाली कांग्रेस एउटा मात्र लोकतान्त्रीक पार्टी हो र यहाँ भित्र फरक मत राख्नेहरुको संख्या छ यसलाई बाहिर कांग्रेसमा गुट सुरुभयो भनेर भनिएको छ तर यो गुटवन्दी नभएर यो एउटा बैचारीक लडाई मात्र हो र यसलाई गुटवन्दी भन्न मिल्दैन ।
लाखैँ युवाहरु विदेस पलायनमा छन् तपाई र तपाईको पार्टी भोली सरकारमा पुग्नुभयो भने के कस्ता योजना हुनसक्छन् ?
हामि लामो समय व्यवस्था परिवर्तनका लागी लड्यौ हामिले चाहेको सासन व्यवस्था पनि प्राप्त गर्यौ अव आर्थीक परिवर्तन गर्ने समय आएको छ । हाम्रो पार्टीले भोली जिम्बेवारी पाँउदा जलस्रोत, पर्यटन, औधोगिक क्षेत्रको विकासमा तिब्ररुपमा लाग्ने छौँ साथै कृषिमा लगानी बढाई रोजगारको अवसर सृजना गर्ने छौँ ।
वर्तमान सरकारको गतिविधी प्रति तपाँईहरुको कस्तो धारणा रहेको छ ?
वर्तमान सरकार भुकाजा जस्तो छ, हेर्दा डरलाग्दो के के नै गर्ला जस्तो तर यथार्थमा हास्य कलाकारको टेलिफिलिम जस्तो, विछोडिएको प्रेमि जस्तो । साथमा हुँदा लाखौ योजनाका सपनाहरु बाढ्ने यथार्थमा नेपाली नागरीक प्रति भन्दा पनि आसेपासे र आफ्ना कार्यकर्ताको स्वार्थमा रमाईराख्ने रहेको छ । सरकारले बिजुलिको पोल पोलमा ल्यायो तर नागरीकको घरदैलो सम्म ल्याउन सकेन ।