• काठमाडौँ  ।प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले एक सिटे पूर्व नयाँ शक्तिका संयोजक तथा हालका समाजपार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई अब चिडियाखानामा राख्नुपर्ने धारणा ब्यत्त गरेका छन् ।

    जेठ ३ गते शुक्रबार नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने अभिव्यक्ती दिएका भट्टराईलाई अब चिडियाखानामा राख्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटस पोष्ट गदै केन्द्रिय सदस्य गुरुङले पार्टी फेर्दै हिड्ने बाबुरामलाई चिडियाखानामा राख्नुपर्ने उल्लेख गरेका हुन् ।

    “शुक्रबार डा. बाबुरामले नयाँ शक्ती पार्टी र संघीय समाजबादी पार्टीको एकतापछिको देशब्यापी भ्रमण सहितको भाषणका क्रममा सत्तारुढ नेकपा समाप्त हुने र नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्ने सार्बजनिक अभिब्यक्ती दिएपछि राजनीतिक बृतमा नबगठीत समाजबादी पार्टी नेपाल र डा. भट्टराईका बिषयमा टिकाटिप्पणीहरु भएका हुन्।

    नेता गुरुङ्ले लेखेका छन्, एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले ‘नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ’ भनेका रहेछन् । तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।”

    बाबुराम भट्टराईतर्फ संकेत गर्दै नेता गुरुङले राजनीतिमा बहस चलाउनु भनेको राम्रो कुरा भएको समेत खुलाएका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…