• इटहरी । नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्नेे माग सहित इटहरीमा ज्येष्ठ ६ गते बृहत धार्मिक सभा हुने भएको छ । सुनियोति षड्यन्त्र गरी मुलुकलाई धर्म निरपेक्षता राष्ट्र बनाइएको भन्दै हिन्दु राष्ट्र पुनस्थापनाका लागि सुनसरीको इटहरीमा बृहत धार्मिक सभा आयोजना गरिने भएको धर्मगुरु श्रीनिवासार्चायले जानकारी दिनुभयो ।

     

    उहाँले जनभावना विपरित केही नेताहरुका कारण मुलुकलाई धर्म निरपेक्ष बनाइएको आरोप लगाउदै हिन्दुधर्म रक्षाको लागि इटहरीमा बृहत धार्मिक सभा आयोजना गर्न लागीएको बताउनु भयो । सनातन युवा मञ्च नेपालको आयोजनामा यही जेष्ठ ६ गते सोमबार धर्मसभाको आयोजना गर्न लागिएकोे हो ।

    धर्म सभामा धर्मगुरुका साथै विभिन्न पाटीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहने सनातन युवा मञ्च नेपालले जानकारी दिएको छ । राष्ट्रिय पहिचानको एंव अखण्डताको संरक्षण, धर्म परिवर्तन मा रोक, सनातन धर्म संस्कृतिको संरक्षण को लागी इटहरीमा हुने धर्मसभा ऐतीहासीक हुने विश्वास लिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…