• विराटनगर, ४ जेठ । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम हुनुभएको छ ।
    बुद्धजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएका सिंगलले नगद १० हजारसमेत प्राप्त गर्नुभयो । यस्तै प्रतियोगितामा रोमा निरौला द्वितीय, महेश साह तृतीय र योगराज दाहाल सान्त्वना हुनुभयो । उहाँहरुलाई क्रमशः ८, ५ र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत सबैलाई कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ गंगा सुवेदीले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    त्यस्तै समारोहमा साहित्यकार भरत गुरागार्इंं र लावण्य सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा मधु पोखरेल, मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, तारानाथ पोखरेल, स्वयम्भुनाथ कार्कीलगायतका अतिथि कविहरुले पनि अप्रतियोगी सिर्जना प्रस्तुत गर्नुभएको थियो । बुद्धजयन्तीको अवसर पारेर सहकारीले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै आएको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो । उहाँले अर्को वर्षदेखि प्रतियोगितालाई प्रदेशस्तरीय बनाउने बताउनुभयो । कार्यक्रमा प्राज्ञ गंगा सुवेदी, नेपाल निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, सहकारीका उपाध्यक्ष उपाध्यक्ष प्रदीपकुमार पाण्डे, सचिव मुरारीप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…