• काठमाडौं । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’
    जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित पुरानो बुलेट नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको नमस्ते चिवाले जानकारी दिएको छ ।

    नमस्ते चिवामा विरेन्द्र बिष्ट, पवन लामा, खगेन्द्र भट्ट र राजेश मैनाली सदस्य रहेको टोलीले जापानमा सो चलचित्र प्रदर्शन गर्ने जिम्मेवारी सम्हालेका छन् । चैत १ गतेबाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र ‘पुरानो बुलेट’को नेपालमा प्रदर्शन भएको करिब दुई महिना पश्चात् जापानमा चलचित्रको स्पेसल शो हुन लागेको हो । ‘पुरानो बुलेटको जापानको टोकियोमा र अरु सहरमा पनि प्रदर्शन हुने नमस्ते चिवाका बिरेन्द्र बिष्टले जानकारी दिए ।

    पुरानो बुलेट हङकङमा च्यारिटी शो भइसकेको छ भने मे २६ मा कोरियामा प्रदर्शन हुँदैछ । जापानको शो पछि अन्य देशहरुमा प्रदर्शन हुने निर्माता विरेन साम्बा लिम्बुले जानकारी दिए । पारिवारिक कथा पस्कने यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया, अशोक साम्पाङ, टिकाराम राई, बारात लिम्वु, युडी गुप्ता, बादल श्रेष्ठ, करण धिताल लगायतको अभिनय रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…