बीरेन्द्रकुमार साह
बिराटनगर । मोरडको सुनबर्शी नगरपालिकाका मेयर कालिप्रसाद दासले केही सञ्चारमाध्यममा आफुलाई बदनाम गरिएको बताएका छन् ।
स्वस्थ्यमा कार्यलयमा सहयोगीको रुपमा छोरी अनिता दास , ज्वाँई चन्दन मण्डललाई ड्राइभरमा नियुक्त गरेको बिषयलाई लिएर बदनाम गर्न खोजिएको मेयर दाशको भनाई छ ।
उनिहरुको योग्यता छ र उनिहरुको नियुक्ति प्रक्रिया पुर्याएर गरेको छु। यदि मेरो कुनै गल्ती भए म राजिनामा दिन तयार छु,दाशले भने ।
यदि कसैको योग्यता छ भने हामीले त जागिर खान पाउदैनस भनेर भन्न मिल्दैन के म मेयर छु भने मेरो परिवारको कसैले जागिर खानु हुदैन र?उनले प्रश्न गरे ।
सुनबर्शी नगरपालिका एउटा ग्रामीण क्षेत्रमा रहेको नगरपालिका हो अहिले हामीले धेरै कार्यहरु गरेका छौ अझै बिकास निर्माणका कार्यहरु चलिरहेको छ, उनले भने, म सँग कुनै जादुको छडी छैन कि छिन भरमै बिकास गर्न सकु । म लगायत हाम्रो पुरै टिम नै लागि परेका छौ । मेरो कार्यकालभरिमा राम्रो काम गरेर देखाउछौं । बिकाश निर्माण बारे मेयर दाशले यस्तो प्रतिक्रिया दिए ।