• रातोकलम अनलाइन,

    जेष्ठ-०५
    क्वालालम्पुर ,

    शान्तिको अग्रदुत महामानव भगवान गौतम बुद्ध को "२५६३ औं बुद्ध जयन्ती समारोह" जेष्ठ ०५ मा क्वालालम्पुरमा मनाइएको छ। बुद्ध जन्म जयन्ती समारोह मुल संयोजक समिति शेर्पा किदुक र तामाङ समाज मलेसियाले संयुक्त रूपमा आयोजना गरेको हो।

    जेष्ठ ५ अर्थात मई १९ तारीख आइतबारको दिन धार्मिक परम्परा अनुसार बिधिवत रुपमा लामाहरुको उपस्थितिमा राजधानी क्वालालम्पुरमा पुजा अर्चना गरेर भव्यताका साथ मनाईएको छ।उक्त समारोह स्थानीय लामा गुरुहरुबाट पुजा पाठ गरेर औपचारिक रुपमा सुरुवात भएको थियो।भने मलेसियामा रहेका नेपाली श्रमजीवी लगायत बौद्ध धर्मवलम्बीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

    प्रवासमै रहेर पनि बौद्ध धर्म प्रती आस्था राख्ने आम भक्तजनहरुले बर्सेनि बुद्ध जन्म जयन्ती यसरी मनाउदै आइरहेका छन। सो बुद्ध जन्म जयन्ती समारोह लाई तामाङ समाज मलेसिया र शेर्पा किदुक मलेशियाले यसै गरि हरेब वर्ष समन्वय गर्दै आइरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…