धादिङ। झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ । ना ७ ख ४३८७ नम्बरकाे बस गजुरी गाउँपालिका–६ स्थित बन्छेटारबाट त्रिशूली नदीमा खस्दा हालसम्म मृत्युहुनेको संख्या नौं पुगेको प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिएका छन् ।
मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुष, ३०/३२ वर्षीय पुरुष र अर्का २०/२२ वर्षीय पुरुष रहेका छन् ।