• काठमाडौं, ६ जेठ । काठमाडौंको टोखामा प्रहरीले गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ ।

     

    ६ वटा अपराधका घटनालाई लिएर तामाङको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रान गर्न सोमबार बिहान ८ बजे गएको थियो । नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए ।

    त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको प्रहररीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए ।

    यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…