• बाहुण्डाँगी । आइतवार बिहान त्रिशुली नदीमा खसेको बसमा परी मेचीनगर ३ दोकानडाँका किशोर बस्नेतको निधन भएको छ । उनको निधनले यतिबेला सिंगो गाउँ शोकमग्न बनेको छ । काठमाडौँमा व्यवसाय गर्दै आएका किशोर एक साता अघि झापा आएका थिए । बस्नेत परिवारको कुलपुजा देवाली मान्न झापा आएका उनी शनिवार श्रीमती रुजा बस्नेतसँगै काठमाडौँ फर्किएका थिए । किशोरको इलाम नेपालटारकी रुजासँग एक वर्ष अघि मात्र बिहे भएको थियो । रुजा समेत घाइते छिन् । उनको काठमाडौँमा सघन केन्द्रमा उपचार भइरहेको छ । आइतवार विहान ६ बजे काँकरभिट्टाबाट काठमाडौ हिडेको ना ७ ख ४३८७ नम्बरको बस त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी ९ जनाको निधन भइसकेको छ । जस मध्ये २६ वर्षिय किशोर पनि हुन् । बिहान दुर्घटना भए पनि उनलाई दिउँसो दुई बजेमात्र बसबाट निकालिएको थियो । आइतवार साँझ नै उनको धादिङ जिल्ला अस्पतालमा पोष्टमार्टम गरी सोमवार दिउँसो झापा मेचीनगर ल्याएर स्थानीय निन्दा नदीमा दाहसंस्कार गरिएको छ ।
    सानै उमेरदेखि चञ्चले स्वभाव र केही गर्नु पर्छ भन्ने स्वभाव भएका किशोर गाउँकै प्यारो मान्छेमा पर्थै । काठमाडौँ बसेर झापा आएका बेला गाउँका सबै जनाको घरमा गएर भेटघाट गर्ने र बोल्ने बानी थियो ।
    यो अन्तिम चोटी पनि उनले सबै जसोसँग भेटघाट गरेका थिए । दशैमा घर आउने भन्दै हिडेको उनी ३८ घण्टाभित्रमा शवबहानमा चढेर आए ।
    केही समय वैदेशिक रोजगारमा समेत गएका किशोरले झापाको एनएमसीमा समेत काम गरेको थिए । एकदिन जिम हावस खोल्छु भन्ने दृढ विश्वास लिएका किशोरले अन्तत ५ महिना अघि काठमाडौँमा आफ्नो सपना पुरा गरेका थिए । तर, त्यो सपनालाई लामो समय टिकाउन दिएन त्रिशुली नदीले । दोकानडाँडामा रहेको दाजुभाइ युवा समाजका सक्रिय सदस्य उनी साना बच्चादेखि बुढापाकाहरुसँग पनि उत्तिकै मिलनसार थिए । गाउँले एउटा सम्भावना बोकेको युवा गुमाएको छ । उनको निधनले सिंगो गाउँ रोएको छ ।
    उनलाई श्रद्राञ्जली दिन स्थानीय निन्दा नदीमा सयौँको सहभागिता रहेको थियो । उनका बुबा आमा श्रीमति, एक दाजु र एक दिदी रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…