• काठमाडौं : ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा 'पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु', भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ । महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…