• दमक,६ जेठ ÷नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई आवश्यकतामा आधारित विकासका योजनाहरुलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
    नेपाली कांग्रेसले शुरु गरेको जनजागरण अभियानको सोमबार झापाको कमल गाउँपालिकाको क्याम्पा वजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले कांग्रेस सरकारको वा विकासको विरोधमा उत्रिएको नभई औचित्य र आवश्यकता पुष्टि गर्ने किसिमका विकास गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे । स्थानीय संगै देशको आधारभूत आवश्यकता पूरा गर्ने तर्फ सरकारले जोड दिनुपर्ने उनको सुझाव थियो ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दमकमा भुकम्प संग्राहालयको आवश्यकता र औचित्य पुष्टि गर्न चुनौती दिए । उनले भने –‘भुकम्पले थिलथिलो भएका पीडितहरुलाई घर बनाउने योजनामा लाग्नुको सट्टा सरकार सिन्धुपाल्चोकमा बनाउनु पर्ने भुकम्प स्मृति संग्राहालय दमकमा बनाउन लाग्दैछ के यो दमकको आवश्यकता हो ?’ उनले प्रम ओलीलाई दमकको मेयरका रुपमा प्रस्तुत नहुन सुझाउ पनि दिए ।

    उनले दमकमा पाँच हजार सुकुम्बासीले बस्ने ठाउँ माग्दै नगरपालिकामा निवेदन दिएको जानकारी आफूले पाएको भन्दै सुकुम्बासीलाई घर बनाउने जग्गाको बन्दोबस्ती गरिनु आवश्यक भएको स्मरण गराए । उद्घाटन कार्यक्रममा कांग्रेस झापाका सभापति उद्धव थापाले नेपाली कांग्रेसले ल्याएको जनजागरण अभियानले कार्यकर्ताहरुमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरे ।
    सभापति थापाले कार्यकर्ताहरुलाई सरकार र नेकपाको भ्रष्टाचारपूर्ण गतिबिधिको विरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन पनि दिए ।
    कांग्रेस सम्बद्ध नेपाल महिला संघकी नेतृ दिपा गौतम,पार्टीका गाँउ सह–संयोजक राजकुमार न्यौपाने लगायतले कांग्रेस नेतृत्वले स्थानीय कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्न आवश्यक रहेको सुझाएका थिए । पार्टीका कमल गाउँ समिति संयोजक खगेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुले पार्टी हित विपरीतका गतिबिधि गर्नेलाई दण्डित र योगदान दिनेलाई सम्मान गर्ने परिपाटीको विकास हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…