• पाँचथर, जेठ ७

    पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ । एकै गाँउका दुई परिवारको हत्या हुदा गाँउ पुरै शोकमा रहेको स्थानिय जीवन फियाकले जानकारी दिए ।

    मानिसहरु घरबाहिर निस्कन डराइ रहेका छन् । स्कुलहरु सबै बन्द रहेको पत्रकार सरोज शर्माले जानकारी दिए । स्थानीयबासी कुरा गर्न सक्ने अवस्थामा समेत रहेका छैन् । गाँउ पुरै शोकमा डुब्दा सुनशान देखिएको छ । मानिसहरु घर बाहिर निस्कन डराइररेका छन् ।
    पाँचथर एक हत्ता अगाडी देखि शोखमा परेको छ । हिलिहाङमा १५ वर्षिय बालीकाको हत्या भएको एक साता पछि अर्को भयानक हत्या भएको छ । एक पछि अर्को हत्या हुदा जिल्ला पुरै शोकमा छ ।

    हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, फर्सी कुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

    १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…