• झापा । गएराति पाँचथरको आरुबोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर बाँच्न सफल सीता खजुमको झापाको दमकमा उपचार सुरु भएको छ ।मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम घटनाबाट भागेर मुस्किलले ज्यान जोगाउन सफल भएकी थिइन् । उनको दाहिने हात भाँच्चिएको बताइएको छ ।

    उनलाई मंगलबार अपरान्ह दमक ल्याई लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिेएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बताए ।घाइते सीताले स्थानीयबासीलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । उनी विक्षिप्त रहेको भन्दै भेटघाटमा चिकित्सक तथा सुरक्षाकर्मीले कडाई गरेका छन् ।उनी आत्तिएको तथा डराएको अवस्थामा रहेको भए पनि शारीरिकरुपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…