• पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो। अन्दाजी १४ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई भकाभक प्रहार गर्न थालेपछि घरबाट राति नै हाम फालेर भागेकी थिइन्।

    भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ। प्रहरी इन्सपेक्टर तेजनारायण यादवका अनुसार नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा सीता घरबाट हाम फालेर बाँचेकी हुन्।

    ‘सीता भागेर करिब ५० मिटर पर रहेको छिमेकी बजुको घर पुगेकी रहिछन्,’ इन्स्पेक्टर यादवले भने, ‘भाग्दै गर्दा सीतालाई पनि नकावधारीले खेदेको थियो तर भेट्न पाएनछ। उनी पुगेको घरमा पनि कान कम सुन्ने महिला मात्र रहिछन्। हत्यारा आफूतिरसमेत आइलाग्न सक्ने डरले बालिका र बृद्धा चुपचाप बसेछन्।’ सीताको दायाँ हात भाँच्चिएको छ।

    उनलाई उपचारका लागि झापाको दमक पठाइएको यादवले बताए। सीता स्थानीय आरुबोटे विद्यालयको कक्षा ७ मा अध्ययनरत छिन्।

    सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। सीता बमबहादुरकी साहिँली छोरीकी छोरीपट्टीकी नातिनी हुन्।

    प्रहरीका अनुसार राति १० बजेपछि आएको अज्ञात व्यक्तिले अन्दाजी ७५ वर्षे बमबहादुर, उनकी पत्नी त्यही उमेरकी पुर्सीहाङ्मा फियाक, छोरी २७ वर्षीया मनकुमारी र घरमा पढ्न बसेकी साहिँली छोरीकी छोरी बमबहादुरकी नातिनी १२ वर्षीया बालिका आशिका खजुमको हत्या गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…