• विराटनगर : विराटनगरका  बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ ।

    केही दिनअघि सामान्य समस्या भएर विराटनगरको नोबेल अस्पतालमा भर्ना भएका अग्रवालको मंगलबार राति करिब साढे १० बजे निधन भएको हो ।

    ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए । पछि उनलाई हृदयघात भएपछि उनको अवस्था नाजुक बन्दै गएको थियो ।

    अग्रवालका सहपाठी विकास वेगवानीले आ नोबेल अस्पतालका चिकित्सकले करिब १० बजेर ३० मिनेटमा मृत घोषित गरेको जानकारी दिए ।

    अग्रवालको उपचारका क्रममा ईसीजी गर्दा केही असहज देखिएपछि इको गरिएको थियो । इकोका क्रममा मुटुको धमनी अवरुद्ध रहेको देखिएपछि एन्जियोग्राफी गर्न नोबेल लैजाने भनेर डा. अग्रवालले अस्पतालबाट बिदा स्वीकृत गराएका थिए ।

    उपचारका क्रममा एक हप्ताअघि अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पताल र काठमाडौंका वरिष्ठ चिकित्सकसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो । तर अन्य अस्पताल लैजान सम्भव नभएपछि नोबेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेेेन डेड भइसकेको बताएका थिए । विराटनगरको जहदा रोडमा घर भएका अग्रवालका श्रीमती र एक छोरी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…