• धरान, ८ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ । काठमाडौंबाट गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

     

    पाँचथरको आरुबोटेमा हत्या गरिएको अवस्थामा भेटिएका दुई परिवारका ९ र मिक्लाजुङ–८ लुमाङदिनमा झुन्डिएको अवस्थामा फेला परेको एउटा शवसमेत मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा जम्मा पारेर धरान ल्याइएको हो । मिक्लाजुङ गाउँपालिका–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो ।

    घटनास्थल भन्दा दुई घण्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो । मानबहादुरले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…