• धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा भएको हत्या काण्डा एउटै व्यक्तिबाट सम्भव नभएको भन्दैं उनीहरुको आफन्तले घट्नाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । दुई परिवारका ९ जनाको हत्या गरिएका परिवारका आफन्तहरुले एक जनाले मात्र यत्रो जघन्य हत्या गर्न सम्भव नभएको भन्दैं हत्यामा अन्यको संलग्न भएको आफन्तहरुले दावी गरेका छन् ।

    आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतक परिवारकी आफन्त शान्त लिम्बुले चेतावनी दिएकी छन् ।
    आज विहान ५ बजे मृतक सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको थियो । मर्जरीमा राख्न ठाउ नभएको प्रतिष्ठानले भने पछि शव जिल्ला लगिएको थियो । उनीहरुको मागको विषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सुनुवाई गर्ने इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    समयमै पोष्टमार्टम भए पनि ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप लगाए । हत्या गर्न अघि देखिको योजना भएको प्रहरीले जानकारी पाए पछि वेवास्ता गरेको मृतक परिवारका आफन्त शान्त लिम्बुले बताए ।
    प्रहरी गम्भीर भएर सिसा काण्डको अनुसन्धान नगरेकै कारण पछिल्लो सामुहिक हत्याको घटना भएको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए ।

    सोमबार राती मिक्लाजुङ–३, आरुबोटेमा धनराज सेर्माको पाँचजना र बमकुमार फियाकको परिवारका चारजनाको हत्या गरिएको थियो । उनीहरु ज्याई ससुराको परिवार हो । उनीहरुको घरको दुरी पैदल हिडेर आदी घण्टाको फरकमा तल माथि रहेको ३ नं. वडाका वडा अध्यक्ष हस्तराज फियाकले जानकारी दिए । उनले पनि घट्नामा एउटैको मात्र संलग्नता भएको बताए । घट्नालाई गम्भीर रुपमा अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…