• काठमाडौं । भारतका एक व्यक्तिले लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई भोट दिएको निहुँमा श्रीमतीको हत्या गरेका छन् ।

    भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो । सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्रीमतीको हत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँग आफूलाई मनपर्ने पार्टीलाई भोट नदिएको कारण असन्तुष्ट थिए ।

    श्रीमतीको हत्या गरेपछि आरोपी उक्त शवसँगै बसेका थिए । तर, मानिसको भीड जम्मा भएपछि भने उनी घर छाडेर भागेका थिए । यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् ।

    माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् । सिंगारपुर दलित बस्तीमा बस्दै आएका उनीहरु इशू रामकी छोरी नीलमको विवाह २०१४ जुन १९ मा रामवचनसँग भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…