• जनकपुधाम, ९ जेठ । डाकाहरुको समुहलाई पक्राउ गर्न जनकपुरमा प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जना घाईते भएका छन् भने ७ जना पक्राउ परेका छन् ।जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतीय डाकाहरुको समुहलाई पक्राउ गरेको हो ।

     

    धनुषाबाट ७ जनालाई पक्राउ गरिएको हो भने एक जनालाई महोत्तरीको मटिहानी इलाकाबाट राति नै पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीमाथि डकैती गर्न आएको समूहले गोली चलाए पछि धनुषामा प्रहरीले डाकालाई पक्राउ गर्न जवाफी कारवाही गरेको थियो ।

    जनकपुर उपमहानगरपालिका ८ विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत विहार समस्तीपुरबाट नेपाल आएको ८ जना भारतीय लुटेरा समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भन्ने गोली लागेका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचार गर्न राति नै लागिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले लुटेरा समूहबाट केहि राउण्ड गोली, सिक्सर पेस्तोल र एक थान कटुवा पेस्तोल समेत बरामद गरेको प्रहरीले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…