बाहुण्डाँगी । मेचीनगर ३ पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वन फाइनलमा प्रवेश गरेका छ ।
पहलेधापको खेल मैदानमा विहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा बाहुण्डाँगी युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफसम्म बराबरी खेलेको बहुवनले दोस्रो हाफमा दुर्व गोल गर्न सफल भएको थियो । जितका लागि बहुवनका खमिर गिल्सन कन्दङवा र पुजन उपरकोटीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बाहुण्डाँगी युवा क्लबका केल्भिन लिम्बु भए । उनलाई नरेन्द्र मेचेले प्रदान गर्नु भएको नगद ११ सय प्रदान गरिएको थियो । बहुवनको कप्तानी करण सारु मगरले गरेका थिए भने बाहुण्डाँगीको कप्तानी आदित्य कार्कीले गरेका थिए ।
उपाधीका लागि बहुवनले शनिवार हुने फाइनल खेलमा रोङ गाउँपालिकासँग प्रतिस्पर्धा गर्ने छ । गत जेठ २ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र इलामका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार र उपविजेता हुने टिमले नगद २० हजार प्रापत गर्ने आयोजक क्लबका अध्यक्ष छत्र सारु मगरले बताउनु भयो ।