एक जना मान्छे आयो नौ जना मान्छेलाई छपछप काट्यो अनि आफु पनि केही पर गएर भुन्डीएर म¥यो । यो कुनै नेपाली चलचीत्रको कहानी होइन । यो पााँचथरको मिक्लाजुङ गाँउपालीका ३ आरुबोटेको हत्या काण्डको प्ररम्भीक अनुसन्धान यहि हो ।
सोमबार राति नौ जनाको हत्या भएको आरुबोटेमा बुधबार र बिहिबार यस्तो दृष्य देदिन्थ्यो । मिक्लाजुङ ३ आरुबोटे सुनशान थियो । नजिकै रहेको वडा कार्यालयमा सेवग्रहिहरु कोहि पनि नआए पछि बन्द थियो । जनप्रतिनिनिहरु कोहि शव लिएर गएका थिए । कोहि अनुसन्धान टोलीलाई सहयोग गर्न व्यस्त थिए । आरुबोटे माध्यमिक बिद्यालयमा बिद्यार्थिहरु कोहि पनि नआए पछि स्कुलमा शिक्षकहरु मात्र थिए तर पुरै शोकमा र जहाँ आफुले पढाउदै गरको बिद्यार्थि समेत हत्या भएको थियो । धनराज शेर्माको घर प्रहरीको घेराबन्दीमा थियो । समाचार संकलनमा गएका पत्रकारहरुको भिडभाड थियो ।
सोमबार राती ९ जनाको हत्या भएको थियो । मिक्लाजुङ ३ आरुबोटे को वडा कार्यलय छेउमा धन राज शेर्माको घरमा ५ जना र बमकुमार फियाकको घरमा ४ जनाको हत्या भए पछि पाँचथर शोकमा रहेको छ ।
दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका गाँउलेहरु त्रसित र हतास देखिन्थे । उनीहरूलाई नौजनाको हत्या कथा जस्तो लागेको बताउछन् ।
दुई घरमा रगतका टाटैटाटा देखिन्छ । आर्थिक रुममा मध्यम स्तरमा रहेका दुबै घरहरु छरछिमेकमा पनि राम्रै रहेको स्थानियहरु बताउछन् । दुबै घरको बाहिर आगनमा बर्खाको लागी दाउरा जोहो गरेर राखेको देखिन्छ । तर दुबै घरले यो दाउरा अब कहिले प्रयोग गर्न नपाउने गरि अस्ताए । दुवै घरलाई प्रहरीले घेरेर बसेका छन् । दिउसो पत्रकार र युटुबरहरुको भिड लागेको देदिन्छ । गोठमा बस्तुभाउ कराइरहेका थिए ।
हत्याबारे अनेक अडकलबाजी गर्दै गाँउमात्र होइन जिल्लाकै अनुमान गर्दै दिनर्चाय बिताइरहेका छन् । ‘एक जनाले कसरि नौ जनाको हत्या ग¥यो होला र’ ‘त्यसौले गरेको हुन पर्छ’ अहिले चौक बजार तिर यस्तै अड्कबाजि हुने गरेको छ ।
नौजना मध्ये चार १५ वर्षमुनिका बच्चाहरु रहेका छन् । शरीरका विभिन्न भागमा खुकुरी र छुरी प्रहार भएको देखिन्थ्यो, त्यसैले यो एक जनाबाट हत्या भएक हुननस्कनेस्थानीय पहलमान फियाकले बताए । ‘यो घटनालाई गहिरो अनुुसन्धान गरिनुपर्छ। ।
हत्या गरिएका धनराज सेर्माको घर र बमबहादुर फियाको घरमा रगतको आहालमा डुबेको थियो ।
रगतको आहाल माथि शबहरु थिए ।
स्थानिय जनप्रतिनिधि डुजन फियाकले बताए । आरुबोटे बजारदेखि करिब पाँच मिनेटमा धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको थियो । त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब दुई किलोमीटर दुरीमा छ । बमबहादुर धनराजका ससुरा हुन । बमबहादुरसहित उनकी पत्नी फुर्सिमाया, कान्छी छोरी मनकुमारी र साइँली छोरीतिरकी नातिनी आशिका खजुमको हत्या भएको हो । घटनापछि घरबाट माइती आएका जेठी छोरी दिलमाया फियाक र साइली बुद्धमाया फियाक अलपविलाप गर्दै रोइरेहका थिए ।
घरबाट भागेकी आशिकाकी दिदी सीता खजुमको दमकमा उपचार हँुदैछ । भाग्ने क्रममा उनी घाइते भएकी हुन् । उनको स्थास्थ्य अवस्था समान्य रहेको जानकारी दिइएको छ । उनी भागेर छिमेकीको घरमा शरण लिन छिमेकी सुनकान्छी फियाकले बमबहादुरका घरका मानिस मंगलबार बिहान किन उठेनन् भनेर हेर्न जाँदा हत्या भएको भेटेको बताइन्। त्यसपछि ज्वाइँ धनराजलाई जानकारी गराउन फोन गर्न खोज्दा नलागेपछि घरमा जाँदा उनको परिवारका सबैको हत्या भएको भेटिएको स्थानीयले बताए। धनराज, उनकी पत्नी जस्मिता, दुई छोरी युहाना र मुना तथा भतिजी इच्छाको हत्या भएको थियो। धनराजको परिवार नै सखाप भएको छ ।
घटना स्थलमा भेटिएका प्रमाण र अन्य कुराहरुबाट अनुसन्धान गरिदै गरेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘धरानमा शवको पोस्टमार्टम भएको छ । पोस्टमार्टम रिपोर्टले पनि अनुसन्धान गर्न सहयोग मिल्ला ।’ प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि घटनास्थलमा आएर अनुसन्धान थालेको छ । ब्युरोबाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थल आएर अनुसन्धान सुरु गरेको छ ।
९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् ।
मानबहादुर को शव घटनास्थल भन्दा २ घन्टा टाढा रहेको मिक्लाजुङ ७ लिम्बामा एक रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो । उनको शवरहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिडा उनैले हत्या गरेका हुन कि भनेर आशंका गरिएको छ ।
अन्त्यष्टी गरियो
बिहिबार आरुबोटेमा छुट्यै सन्टा छायो । सोमबार हत्या गरिएका शवहरु पोष्टमार्ट पछि फर्किएर आएका थिए । सबैको मुहान मलिन थियो । सबै स्थानियहरु चुपचाप मैन बसिरहेका थिए । केहि अगुवाहरुले शवलाइ अन्त्यष्टी लाने तयारी गरिरहेका थिए । तर कोहि बोल्न सकिरहेका थिएन । स्थानियहरु संग आवाज नभएको जस्तो महशुस हुनथ्यो ।
फियाक परिबारको आरुबोटे र शेर्मा परिबारको सराङडाँडामा अन्त्यष्टी गरिने तयारी गरिएको थियो ।
आरुबोटेमात्र होइन सराङडाँडा जुन मिक्लाजुङ २ मा पर्छ सराङडाँडा पनि पुरै रुदै थियो । धनराज शेर्मा सराङडाँडाबाट आरुबोटे ससुरालिमा बस्दै आएका थिए । आरुबोटेमा भएको हत्याकाण्डको घटना ज्यान गुमाएका ९ जनाको शब बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम सकिए पछि शव उनीहरुको बिहिबार दिउँसो अन्त्यष्टी गरिएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हस्तराज फियाकले जानकारी दिए । हत्या गरिएका दुई परिवार मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टी गरिएको छ । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।
सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजुङ २ को सराङाडाको बतासे भन्ने स्थानमा अन्त्यष्टी गरिएको पारिवारीक स्रोतले जनाएको छ । सराङडाडा शेर्माको पुर्खेउली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती जस्मिता शेर्मा छारीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको छ ।