रातोकलम सहकर्मी!
दमाम साउदी,जेष्ठ-११
स्वागत पुन मगर।
जननेताद्वय मदन भण्डारी र जिवराज आश्रितको २६अौं स्मृति दिवस नेकपा सम्बद्ध नेपाली प्रवासी एकता मञ्च साउदी अरबले २४ मे का दिन स्मृति दिवस मनाएको छ। कार्यक्रमको संचालन मञ्चका सचिव कमरेड राजु खनालले गरेका थिए भने कार्यक्रमको सभापतित्व मञ्चका संयोजक शिवराज जैसी कमरेड रविकीरण रहेका थिए।
पुर्व दुई मञ्चका अध्यक्षद्वय कमल शाही कमरेड निर्मल र कमरेड बलाराम गिरी प्रमुख अथिति रहेको सो कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्यहरु अनिल बि क कमरेड घायल, ऋषिराम भट्टराई, अमर श्रेष्ठ ,पर्शुराम मिश्र , महिला संयोजक अम्बिका सापकोटा अधिकारी ,मोहम्मद ईकवाल, कमल खरेल , हरि बुढाथोकी , यम लामा, राम बहादुर क्षेत्री , सोभान बहादुर पुन मगर कमरेड स्वागत ,जुवेल क्षेत्रीय सम्योजक सुजन पुडासैनीको उपस्थित रहेको थियो।
कार्यक्रममा सहिदहरुको सम्झाना १ मिनेट मौन धारण गरि मदन आश्रित तथा वीर सहिदहरु प्रति सम्मान गर्दै औपचारिक रुपमा सुरुवात गरिएको हो। त्यस क्षेत्रमा मजदुरी गर्ने साथीहरूको पनि निक्कै ठूलो सङ्ख्या
मा सहभागी रहेको थियोे।कार्यक्रमलाई मन्तव्य मार्फत यम लामाले स्वागत गरेका थिए।नेपाली प्रवासी मञ्च साउदी अरबले स्मृति दिवसका साथै आफ्नो अलहासा क्षेत्रीय भेला पनि समापन गरेको छ।
उक्त क्षेत्रीय भेलामा सम्योजक गोविन्द वली , सचिव प्रकाश रोका, सह सचिव युवराज खड्का , कोषाध्यक्ष पदम कार्की सदस्यहरुमा सुदर्शन बराल, पुर्ण गुरुङ ,प्रेम लिम्बू ,योगराज रावत, सोम नेपाली, सुक बहादुर रोका मगर, निर्छा राना, महेन्द्र घर्ती , प्रबिन परियार, ललित लिम्बू , सुबिन लिम्बू , प्रकाश केसी, भिम लिम्बू , राजन लामा, निमा लामा, बिशाल दराई, रुपेश भाजी, राम बहादुर मगर, अनिल चौधरी , किरण चौधरी , भल कुमार लिम्बू , रामचन्द्र घिमिरे र अार्यन चौधरी रहने गरि प्रवासी नेपाली एकता मञ्च साउदी अरब अलहासा क्षेत्रीय कमिटी गठन गरेको छ।
सोही कार्यक्रम मार्फत रमदानको अबसरमा अलहासामा अायोजित फुटबल कार्यक्रमका निमित्त प्रवासी नेपाली एकता मञ्च साउदी अरबका तर्फबाट अायोजक प्रकाश रोका तथा पदम कार्कीलाई मञ्चका सम्योजक शिवराज जैसी कमरेड रबिकिरण पुर्व अध्यक्षद्वय बलाराम गिरी र कमल शाही कमरेड निर्मल सचिब राजु खनाल द्वारा मञ्चका तर्फबाट अायोजक टिमलाई ५७६ साउदी रियल हस्तान्तरण गर्नुका साथै नवगठित क्षेत्रीय समिती लाई सुभकामना तथा बधाई दिदै कार्यक्रमको समापन सभापति कमरेड रविकिरणले गर्नु भएको थियोे ।