• बाहुण्डाँगी । मेचीनगर ३ पहलेधापमा सम्पन्न अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वनलेफाइनलको उपाधी चुमेको छ ।
    शनिवार सम्पन्न फाइनल खेलमा रोङ गाउँपालिकालाई २–० को गोल अन्तरले पराजित गर्दै बहुवनले उपाधी माथि कब्जा जामाएको हो । जितसँगै बहुवनले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बेनेको रोङ गाउँपालिकाले नगद २० हजार प्राप्त गरेको छ । जितका लागि बहुवनका खमिर खिल्सन कन्दङ्वा र निशेन लिम्बूले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी रोङका गोल रक्षक सनम राई भए । उनले नगद पुरस्कार प्राप्त गरे । करन सारु मगरको कप्तानीमा रहेको बहुवन टिमको कोचका रुपमा देबु बानियाँ रहेका थिए । 

    विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रासद मैनाली, प्रायोजाक संस्था बहुवन सामुदायिक वनका अध्यक्ष भानु थापा मगर, सहप्रायोजक नरेन्द्र मेचे, मेचीनगरका कार्यकालिका सदस्य टिकाराम मग्रान्ती, वडा अध्यक्ष हर्कबहादुर बस्नेत, आयोजक संस्थाका अध्यक्ष छत्रबहादुर सारु लगायतले वितरण गर्नु भएको थियो । सोही अवसरमा बहुवन सामुदायिक वन र धुलावारी अटो प्रालि बिच भएको मैत्री पूर्ण फुटबल प्रतियोगितामा १–० गोल अन्तरले बहुवन विजयी भएको थियो । जितका लागि बहुवनका तर्फबाट देबु बानियाँले गोल गरेका थिए । विजेता बनेको बहुवनले नगद २ हजार १ सय पुरस्कार प्राप्त गरेको थियो ।
    गत जेठ २ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम र झापाका १६ टिमको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…