• काठमाडौँ – किरात समुदायका राई, लिम्बू, याक्खा र सुनुवार जातिको महान पर्व उभौलीको आज समापन भएको छ। यस अवसरमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजले टुँडीखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

    वैशाखे पूर्णिमाका दिन शुरु भएको उभौली पर्वको आज नाचगानसहित समापन गरिएको हो। खेतीबाली लगाउने बेला भएकाले प्रकृति र पितृहरुसँग आशिर्वाद माग्दै मनाइने उभौली किरातहरुको दोस्रो ठुलो पर्व हो। यस पर्वमा अन्नबाली सप्रियोस्, प्राकृतिक प्रकोपहरुबाट बाँचियोस् भन्ने कामना गरिन्छ। परम्परागत वेषभुषामा सजिएर टुँडीखेलमा भेला भएका किरात तथा अन्य समुदायका मानिसहरुले आज साकेला र च्याभ्रुङ नाच्दै उभौलीको समापन गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…