बाहुण्डाँगी । लेटाङ जेसीज वर्ष २०१९ को आयोजनामा सम्पन्न लेटाङ नगरपालिकाका ११ वटा सामुदायिक तथा संस्थागत विद्यालय बीच भएको अन्तर मा।वि। हाजिरी जवाफ प्रतियोगिताु को उपाधि शिक्षा विकास मावि लेटाङ ५ ले हात पारेको छ । शिक्षा विकासले उपाधि सहित रु १०,०००र( तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा मोरङ पाथिभरा स्कुल, लेटाङ २ ले दोस्रो तथा जाँते नमुना स्कुल, लेटाङ ९ ले तेस्रो स्थानमा चित्त बुझाउदै प्रमाणपत्रका साथमा क्रमशः नगद रु ५,०००र( र रु ३,०००र( प्राप्त गर्न सफल भए । विजेताहरुलाई लेटाङ मल्टी टेक्निकल कलेजले छात्रवृत्ति समेत प्रदान गर्नेछ ।
लेटाङ नगरपालिका वडा नं ५ का अध्यक्ष भुम सुर्य मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ जेसीज वर्ष २०१९ का अध्यक्ष हिमालय श्रेष्ठको अध्यक्षता र का।का।उ। सुदेश वस्तिको संयजकत्वमा लेटाङ ५ स्थित ग्रीनपीस पार्टी प्यालेसमा सम्पन्न भएको हो ।