यसपाली रातोकलममा एकजना कविको कविता प्रस्तुत गर्दै छौं ति कवि हुन ओम आचार्य । २०३५/३६ सालदेखी कविता लेखनमा रहेका ओम आचार्यको २०४५ सालमा " अध्यारो झन अध्यारो " कविता संग्रह प्रकासित गरेकाछन । कथा कविता दुवै विधामा क़लम चलाएका आचार्यको संग्रह प्रकाशन पछी लेखनमा त्यती सक्रिय नदेखिका आचार्य हाल पुन आफ्नो लेखनमा देखिन थालेका छन ।
विशेष गरेर आचार्यका कविता उग्र विचार र क्रान्तिकारी हुन्छन कविताम परिवर्तनको वोध झल्कने भाव देखिन्छ।अहिले आचार्य राजनीतिक विष्लेषकको रुपमा पनि आफ्नो परिचय वनाएकांछन यिन्ले राजनीतिक लेख लेख्न आफुलाइ हालको समय सक्रिय वनाएका छन ।
यो कविता निक्कै अगाडी लेखिएको हो
संविधान घोषणा पछी पनी किन मुलुक असान्त र किन विछीप्त के संविधान यो कविता ले भनेको वाटो वाटोबाट नआएर हो त ?
संविधान व्लड वैंकको रगत जस्तो होस
ओम आचार्य
संविधान
धार्मिक ग्रन्थ जस्तै होस
सवैले घर घरमा राखुन
घर घर को झुन्डनै देस हो
०
संविधान
आकास जस्तै होस
थुप्रै वादलहरु आटुन
वादलहरुको झुन्ड झुन्ड नै आकास हो
०
संविधान
गोरेटो गल्ली
र
चोरवाटो हुदै नआओस
संविधान लोकमार्ग हुदै नआओस
संविधान वाममार्ग हुदै नआओस
संविधान जनमार्ग हुदै पनी नआओस
संविधान त
राजमार्ग हुदै आओस
वाम मार्ग
लोकमार्ग
जनमार्ग र प्रचलित मार्ग
सवैको मुल हो राजमार्ग
संविधान राजमार्ग हुदै आओस
०
संविधान त
व्लड वैंकवाट लिएको
रगत जस्तै होस
ग्रहण गर्नेले
त्यो रगतको जात खोज्दैन
त्यो रगतको भाषा सोध्दैन
०
संविधानमा
कुनै यौटा रंग नहोस
सवै रंगवाट मिश्रित रंग वनोस
र
रंग खोज्नेहरुले
त्याहा आफ्नो रंग देखुन
०
संविधान
वजिया नहोस
संविधान जार पुत्र जस्तो
र
व्यभिचारवाट उत्पन्न
हरामी जस्तो पनी नहोस
संविधान त
संस्कारयुक्त पाणिग्रहणवाट जन्मेको
सन्तान जस्तो होस
भोलि
त्यस्को वैधानिकतामा
कसैले / समाजले/ राष्ट्रले
चोर औल्ला नदेखाओस
सडकमा नारा जुलुस नगरोस
०
संविधान त
राष्ट्रलाइ सुमेरु वनाएर
सवैले मनन्थन गर्दै
अमृतको रुपमा आओस
देसवासीले अमृत सेवन गरुन
दुवै हातमा लड्डु होस
०
अहिले सवै संविधानलाइ
पर्खेर वसेकाछन
गाँउ गाँउमा वसेका छन
शहर शहरमा वसेका छन
यसरी पर्खदा पर्खदै
पर्खेर वसेको संविधान आउदा
साँझ नपरोस
अध्यारो नहोस
पर्खदा पर्खदै अध्यारोमा आयो भने
त्यो भुत भएर चै नआओस
नरपिचाश भएर चै नआओस
यस्ले नतर्साओस
आतंकित पनि नपारोस
त्यस्को आत्मामा
प्रेत पसेर आयो भने
भुत भएर आयो भने
नरपिचाश भएर आयो भनेर
पर्खेर वसेकाहरुले
प्रेत भड्केको आत्मालाइ
दाँहा संस्कार गर्लान
०
संविधान
वास्तवमै
सम - विधान भएर आओस