• देबु बानियाँ
    बाहुण्डाँगी । एरिया ‘बि’ का महासविचहरुको दुई दिने भेला चितवनको सौराहमा सम्पन्न भएको छ । एक अर्का शाखाहरुबिच भातृत्व स्थापित गर्दै जेसीजको उदेश्यलाई सार्थक बनाउनका लागि महासचिवहरुको भेलाको आयोजना गरिएको हो । यस क्षेत्रमा गत वर्षदेखि महासचिवहरुको भेला आयोजना हुँदै आएको छ ।
    गैरीबारी रिसोर्ट सौराहमा सम्पन्न भेलाको उद्घाटन नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर अभिषेक श्रेष्ठले गर्नु भएको थियो । सौराह जेसीज २०१९ का महासचिव सुरेश भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालले गर्नु भएको थियो । भेलामा राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, नेपाल जेसीजका पूर्व महासचिव अरुणेश्वर खनाल, सौराह जेसीजका संस्थापक अध्यक्ष सदर श्रेष्ठ, सौराह जेसीजका अध्यक्ष शिव भुषाल, रत्ननगर जेसीजका अधयक्ष सुभाष पोखरेललगायतले जेसीजको विकास र वर्ष २०१९ लाई सफल बनाउन महासचिवहरुले खेल्नु पर्ने भूमिकालाई स्पष्ट पार्नु भएको थियो ।

    दुई दिनसम्म सञ्चालन भएको भेलामा विभिन्न विषयमा छलफल तथा प्रशिक्षणसहित सौराहको थारु साँस्कृतिक नृत्य, चितवन राष्ट्रिय निकुञ्जको साइड तथा विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन समेत गरिएको थियो । उक्त भेला सौराह जेसीजका महासचिव सुरेश भुषालको विशेष सक्रियतामा आयोजना भएको हो । कार्यक्रमको आस्थापाठ नारायणगढ लेडी जेसीजकी महासचिव अनु अधिकारीले गर्नु भएको थियो । बीसहजार जेसीजका महासचिव रेशमराज पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पर्सा खैरेनी जेसीजका महासचिव कविर श्रेष्ठले गर्नु भएको थियो । भेलामा यस क्षेत्रका २४ जना महासचिवहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…