• काठमाडौं । हरेक किसिमका गतिविधिमा प्रतिवन्ध लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

    विप्ल्व समूहले पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार नेपाल बन्द आव्हान गरेको हो । बन्दको पूर्वसन्ध्यामा हिंसा बढाउने किसिमले आइतबार टाइमर बम तयार गरिरहेका बेलामा सुकेधारा, घट्टेकुलो र थानकोटमा विष्फोट भएको थियो ।

    उक्त घटनामा चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । विप्लव समूहले बन्द आव्हानलाई आफ्ना कार्यकर्ता मारिएको विरोध भन्दै परिणत गरेको छ ।

    काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । सवारी साधन अन्य दिनको तुलनामा कम चलेका छन् । मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुलेका छन् ।

    काठमाडौं उपत्यका बाहिरका जिल्लामा भने बन्दको प्रभाव बढी परेको छ । अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् । काठमाडौं उपत्यकाबाट समेत सवारी न्यूनमात्रामा बाहिरिएका छन् ।

    बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    शैक्षिक संस्था ठप्प
    विप्लव समूहले यसअघि बन्दको आव्हान गर्नासाथ पहिलो प्रहार शैक्षिक संस्थामा हुँदै आएको छ । साना ठूला जस्तासुकै शैक्षिक संस्थामा यसको असर पर्दै आएको छ ।

    आइतबार विष्फोट हुनुअगाडि नै विद्यालयहरु नखुल्ने सर्कुलर विद्यार्थीहरुमाझ गरिसकिएको थियो । केही खुल्ने मनस्थिति बनाएका विद्यालय पनि काठमाडौंमा भएको श्रृंखलावद्ध विष्फोटका कारण बन्द सर्कुलर गर्न वाध्य भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…