• दीप खादी लिम्बू।

    जेठ-१३,क्वालालम्पुर।

    गैर आवासीय नेपाली संघ मलेसियाको २५ मे २०१९ तारिख शनिवारको दिन सस्थाका अध्यक्ष खगेन्द्र न्यौपानको अध्यक्षतामा क्वालालम्पुरको सभाहलमा बैठक सम्पन्न भएको छ।र बैठकले आगामी सेप्टेम्बर-०१ आइतबारको दीन छैटौं अधिबेशन गर्ने निर्णय समेत गरेको हो।

    एन.आर.एन.ए मलेसियाको पंजिकृत सदस्यका लागी छैटौं अधिबेशन अगाडि अर्थात जुलाई २७ सनिवार-५.०० बजे सम्म लाई नविकरण तथा नयाँ सदस्य बितरणको समय तोकिएको बर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने र महासचिव सुन्दर आले द्वारा हस्तक्षरित प्रेस बिज्ञ्यप्तीमा उल्लेख छ ।

    त्यस्तै गैर आवासिय नेपाली संघ मलेसियाले पाँचथर मिक्लाजुङ–३ मा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको निम्ति रु १,००००० (एक लाख रुपिया) सहयोग प्रदान गर्ने घोषणा पनि गरेको छ। भने उक्त वैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कवुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय समेत भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…