एरिया ‘बि’ जुनियर जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न
बाहुण्डाँगी । पर्सा खैरेनी जुनियर जेसीजको आथित्यतामा एरिया ‘बि’ का जुनियर जेसीजहरुका लागि मल्टि च्याप्टर ट्रेनिङ सम्पन्न भएको छ ।
नेपाल जेसीजको आयोजनामा भएको प्रर्शनालिटी एण्ड लिडरसीप डेब्लोभमेन्ट विषयमा तालिममा एरिया बि का ४ वटा जुनियर जेसीजका ४३ जना जुनियर युवाहरुका सहभागिता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षकमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर रबिन पोखरेल र प्रशिक्षकमा नेपाल जेसीजका उपाध्यक्ष सिनेटर रुकमणि सिग्देल रहनु भएको थियो । उहाँहरुले यस क्षेत्रका जुनियर जेसीज युवाहरुका लागि नेतृत्व व्यक्तित्व विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराउनु भएको थियो । साथै उहाँहरुले जुनियर जेसीजको महत्व र यसले जेसीजलाई पुरयाउने योगदानका बारेमा जानकारी गराउनु भएको थियो ।
जुनियर जेसीज एरिया बि का संयोजक आरोग्य श्रेष्ठको सभापतित्व तथा यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका पूर्व महासचिव अरुणेश्वर खनाल, यस क्षेत्रका निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, मातृ शाखा पर्सा खैरेनीका अध्यक्ष शंकर कडेँल, नेपाल जेसीजका राष्ट्रिय जनसम्पर्क अधिकारी तथा पर्सा खैरेनी जेसीजका निवर्तमान अध्यक्ष अमृत मल्ल, नेपाल जुनियर जेसीजका राष्ट्रिय संयोजक बादल दाहाल, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेल, सौराह जेसीजका अध्यक्ष शिव भुषाल, सौराह लेडी जेसीजकी अध्यक्ष लक्ष्मी विडारी, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, गितानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्की, नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठलगायतको उपस्थितिमा तालिम सम्पन्न भएको आथित्यता शाखा पर्सा खैरेनी जुनियर जेसीजका निवर्तमान अध्यक्ष सक्षम सुवेदीले बताउनु भयो ।
पर्सा खैरेनी जुनियर जेसीजका कार्यकारीणी उपाध्यक्ष राजिप पाठकले आस्थापाठ गरेको कार्यक्रम स्वागत आतिथ्यता शाखाका अध्यक्ष कल्याण बाँस्कोटाले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव पुष्पा सिवाकाटीले गर्नु भएको थियो ।