काठमाडौँ- सरकारले सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढाएको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सरकारी कर्मचारीहरुको तलब २० प्रतिशतले बढाइएको जानकारी दिए। राजपत्र अंकित कर्मचारीको तलबमा भने १८ प्रतिशतमात्रै वृद्धि गरिएको छ।
सुरक्षा निकाय, संस्थान, निजामती लगायत सबै सरकारी क्षेत्रमा कार्यरत कर्मचारीको तलव वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
देशभर ६ लाख भन्दा बढी कर्मचारी रहेको अनुमान गरिएको छ। कर्मचारीको ज्ञान, सिपको विकासमा समेत ध्यान दिने भएको छ।
यस्तो छ विवरण
खरिदारको हालको तलब २२१७० मा वृद्धि २० प्रतिशत हुदा बढ्ने रकम ४४३४ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम २६६०४ पाउने छन् ।
यस्तै खरिदार (अतिरिक्त मान ) को हालको तलब २२९७० मा वृद्धि २० प्रतिशत हुदा बढ्ने रकम ४५९४ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम २७५६४ पाउने छन् ।
नायब सुब्बाको हालको तलब २३५०० मा वृद्धि २० प्रतिशत हुदा बढ्ने रकम ४७०० हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम २८२०० पाउने छन् ।
नायब सुब्बा (अतिरिक्त मान )को हालको तलब २५६८० मा वृद्धि २० प्रतिशत हुदा बढ्ने रकम ५१३७ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ३०८१६ पाउने छन् ।
शाखा अधिकृतको हालको तलब ३०५०० मा वृद्धि १८ प्रतिशत हुदा बढ्ने रकम ५४९० हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ३५९९० पाउने छन् ।
उपसचिवको हालको तलब ३४२२० मा वृद्धि १८ प्रतिशत हुदा बढ्ने रकम ६१६० हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ४०३८० पाउने छन् ।
सहसचिवको हालको तलब ४०१५० मा वृद्धि १८ प्रतिशत हुदा बढ्ने रकम ७२२७ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ४७३७७ पाउने छन् ।
सचिबको हालको तलब ५१४२० मा वृद्धि १८ प्रतिशत हुदा बढ्ने रकम ९२५६ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ६०६७६ पाउने छन् ।
मुख्यसचिबको तलब ५५२०० मा वृद्धि १८ प्रतिशत हुदा बढ्ने रकम ९९३६ हुदा बेसिक तलब (भत्ताबाहेक) टोटल रकम ६५१३६ पाउने छन् ।