• देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन् ।

    ‘छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढाबूढीमात्र छौँ । मेरो दुईवटा खुट्टा सुनिएका छन् । आठ महिनादेखि खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन् ।

    श्रीमती बुद्धरानी लिम्बुनी समेत ऊ त्यो कुनामा सुतिरहेकी छन् । मेरो यस्तो हालत भएपछि उनीलाई समेत डिप्रेसन भयो । एक वर्षदेखि डिप्रेसनको औषधि नियमित खाँदै थिइन् । एक हप्ता भयो औषधि छुटेको ।

    पैसा नभएपछि रोगले च्यापेर खानासमेत पकाउन छोडिन् । अहिले म आफैँ ह्विलचियरमा बसेर नै खाना पकाउँदै छु । कुनामा सुतिरहेकी श्रीमतीलाई देखाउँदै पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली गापा–१ मा बस्दै आएका वर्ष ४५ का पूर्वमाओवादी लडाकू अमरकुमार चेम्जोङ भन्छन्, मेरो हालत यस्तै छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…