• बाहुण्डाँगी, जेठ १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको च्याम्पियन न्यु वेष्ट प्वाइन्ट आवसीय मावि बनेको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न ११ वटा विद्यालयलाई पछि पार्दै न्यू वेष्टले उपाधी माथि कब्जा जमाएको हो । उपाधीसँगै न्यू वेष्टले नगद १० हजार र रनिङ शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
    प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी बोडिङ्ग स्कुल तृतिय र लिटल गार्डेन एकेडेमि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमशस् नगद रु ८ हजार, ५ हजार ५ सय, ४ हजार ५ सय र २ हजारको साथमा रनिङ शिल्ड, ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

    त्यस्तै प्रतियोगितामा उत्कृष्ट बनेका माउण्टका खेमराज पुनलाई नगद रु १ हजार सहित ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको म्याग्दी जेसिजका महासचिब सन्दीप खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप सहयोग पु¥याउने बताउनुभयो ।

    सो कार्यक्तममा जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्मचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाको अध्यक्षता कार्यकारिणी उपाध्यक्ष विरेन्द्र श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माको रहेको थियो । स्मरण रहोस:  एउटा सुनौलो इतिहास बोकेको म्याग्दी जेसीजले शरेब वर्ष उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको छ । म्याग्दी जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता देशमै परिचित प्रतियोगिता हो । यो शाखा गत वर्ष उत्कृष्ट शाखाका रुपमा समेत अवार्ड प्राप्त गरिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…