बाहुण्डाँगी । टिकापुर जेसीजको नवनिर्मित भवनको दोस्रो तलाको काम धमाधम भइरहेको छ ।
१७ वर्ष अघि बनेको जेसीजको पहिलो तला यस वर्ष दोस्रो तलको निर्माण कार्य सुरु भएको छ । त्यो पनि नेपाल सरकार तथा स्थानीय निकायको आर्थिक सहयोगमा । असार मसान्तसम्ममा काम सक्ने गरी अहिले भवनको फिनिसिङको काम भइएरहेको । टिकापर नगरपालिकाबाट प्राप्त ९ लाख ८० हजारको लागतमा निर्माण भइरकेको भवनको पहिलो तलामा कार्यक्रम हल र दोस्रो तलामा जेसीजको सचिवालय रहने टिकापुर जेसीज वर्ष २०१९ का अध्यक्ष गणेश साउदले बताउनु भयो । जसका लागि टिकापुर जेसीजले एक जना कर्मचारी समेत यसै वर्षदेखि व्यवस्था गरेको छ ।
एउटा पुरानो इतिहास बोकेको यो शाखाले २००२ देखि २००५ सम्मको अवधीमा पहिलो तला निर्माण गरेको थियो । त्यस समयमा शाखाका पदाधिकारीहरुको सक्रियतामा स्थानीय स्तरको आर्थिक सहयोगमा भवन निर्माण गरिएको थियो । त्यस समयमा प्राप्त भएको २ कट्ठा ५ धुर जग्गामा भवन निर्माण भएको हो ।
यसैगरी, शाखाले यो वर्ष स्थापना समयदेखिकै पहिलो पटक भित्तेपात्रो प्रकाशन समेत गरेको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील टिकापुर जेसीजले टिकापुर क्षेत्रमा विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ ।