• जेठ १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको समझदारी अनुसार अब प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको दाबी गरेका छन् ।



     



    उनले पार्टी एकता गर्दा आलोपालोमा जाने लिखित सहमति नै भएको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन् ।



     



    प्राइम टेलिभिजनबाट प्रशारित वरिष्ठ पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अध्यक्ष दाहालले साढे २ वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारे ।



     



    प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने प्रष्ट पार्दै भने, ‘जे हुन्छ सहमतिबाट हुनुपर्छ । पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। मैले प्रधानमन्त्रीजीलाई दुःख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु । त्यसकारण भोलि (साढे दुई वर्षमा) प्रधानमन्त्री पद छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं।’



     



    पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको भनाइ छ ।



     



    आधा–आधा कार्यकाल नेतृत्वमा सहमति भएको हो ? पत्रकार धमलाको प्रश्नमा उनले आफू पनि एउटा नेताको हिसाबले आफ्नो जिम्मेवारी पनि परिभाषित हुनुपर्ने जवाफ दिए ।



     



    उनले भने, ‘पार्टीको नेताका हिसाबले जिम्मेवारी परिभाषित भएमा सरकारको नेतृत्व एउटा अध्यक्षले पार्टीको नेतृत्व अर्को अध्यक्षले गर्यो भने सन्तुलन मिल्छ। म प्रधानमन्त्री भइरहनु पर्दैन। पार्टी अध्यक्षका रुपमा मैले भूमिका खेल्छु। मलाई पनि सहज हुन्छ । यसबारेमा पार्टी पंक्तिमा छलफल चलिरहेको छ।’



     



    अध्यक्ष दाहालले राम्रोसँग पार्टी रन भएमा, राम्रोसँग सरकार रन भएमा, सुशासन र विकासले गति लियो भने, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने सहमतिमा आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि आफूलाई आपत्ति नहुने, समर्थन गरिराख्ने बताए ।



     



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…