• काठमाडौं। सत्तारुढ दल नेकपामा पछिल्लो समयमा निकै तरंग आएको छ। दुई अध्यक्ष मध्य एक प्रचण्डले प्रधानमन्त्री बन्ने आफ्नो इच्छा स्पष्ट रुपमा राखेका छन्। उनको भनाईलाई समर्थन गर्दै नेकपाका अर्का प्रभावशाली नेता बामदेव गौतमले पनि प्रचण्डको दाबीमा सही थापेका छन्।

    यस कुरालाई लिएर प्रधानमन्त्री केपी ओली खुशी नरहेको स्पष्ट संकेतहरु देखा परेका छन्। भारत भ्रमणबाट फर्केर बिमानस्थलमा पत्रकार सम्मेलनमा ओलीले सहभागिता जनाएनन्। प्रधानमन्त्रीहरु बिदेश भ्रमणबाट फर्किए पछि पत्रकार सम्मेलन गर्ने चलन थियो।

    पछिल्लो समयमा नेकपाका दुई अध्यक्षले गरेको गोप्य भनिएको सहमती पनि बाहिरिएको छ। यसैक्रममा एक अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताएसँगै गौतमको यस्तो प्रतिक्रिया आएको हो ।

    प्यूठान पुगेका गौतमले पत्रकार सम्मेलनमा पार्टी एकता गर्दा भएको सहमतिमा दायाँबायाँ गर्न नहुने बताए । उनले समृद्ध मुलुक निर्माणको सुरुवात भएकोले यसको कार्यान्वयका लागि समेत सहमति कार्यान्वयन आवश्यक भएको बताए ।

    गौतमले भने ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको छ । त्यही अनुसार सरकारको नेतृत्व परिवर्तन हुन्छ ।'

    यसअघि प्रचण्डले प्रधानमन्त्री ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न नसकिने बताउदै आएका छन् ।

    यसक्रममा प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला यता प्रचण्डको अन्तरवार्ता र सहमती पत्र सार्वजनिक हुनुलाई ओलीले नेपाली राजनीतिको स्तर भनेका छन। उनले भारतमा प्रेससँग गफ गर्दै उक्त कुरा भनेका थिए। निराश देखिएका ओलीले एक अर्को मिडियालाई ब्यंगात्मक शैलीमा आफ्नो कार्यकाल ४-५ दिन मात्र रहेको बताएको कुरा संचार माध्यमहरुमा आएका छन्। उनले प्रचण्डको अन्तरवार्ता र सम्झौता सार्वजनिक गर्नुलाई नेपालको राजनीति ‘स्तर’ भनेका हुन्। उनले प्रचण्डलाई स्तरहिन राजनीति गरेको संकेत गरेका छन्। आफू विदेश भ्रमणमा हुँदा यस्ता चर्चा हुने गरेकोमा ओलीले आश्चर्य पनि प्रकट गरे ।

    यसैक्रममा पार्टी र सरकारमा एकलौटी निर्णय गरिरहेका ओलीलाई झट्का लागेको छ। अध्यक्षद्वयको एक अर्काप्रतिको अविश्वासले सम्बन्धमा चिसोपन आउन थालेको आभास हुन थालेको छ।

    प्रधानमन्त्री ओलीका अभिब्यक्तीले नेकपामा एउटा अविश्वासको बातावरण सृजना भएको छ । सायद दुई अध्यक्ष बिचको सम्बन्धमा पनि दरार आएको बुझ्न सकिन्छ । पछिल्लो समयमा गृहमन्त्री बादल केपी ओली गुटमा लागेको खबरहरु पनि सार्वजनिक भएका छ्न् भने बिष्णु पौडेल ओली भन्दा प्रचण्डको नजिक रहेको कुराहरु पनि सार्वजनिक भएका छन्।

    गुट र उपगुटको राजनीति एवं दुई अध्यक्षले आफ्नो पक्षमा प्रभावशाली नेताहरु पार्ने होडमा पार्टीमा बिचलन आएको नेकपाका नेताले बताएका छन्। अध्यक्षद्वयले आफुलाई सम्हाल्नु पर्ने र जनताको यत्रो बिश्वासलाई सजिलै धोका दिन नहुने पनि उनले बताए।

    जनताको ठुलो अभिमत पाएको दलले आफ्ना अध्यक्षहरुको असन्तुष्टी सार्वजनिक हुन नदिई आफै मिलाउनु पर्ने मा सार्वजनिक हुनुमा पार्टी भित्र कुरा नमिले पछि सार्वजनिक भएको रुपमा पनि हेर्न थालिएको छ। वा यो प्रचण्डको बार्गेनिङ चिप मात्र पनि हुनसक्छ । उनले आफु महाधिवेशनमा अध्यक्ष पाए ओलीलाई पुरै प्रम हुन सहयोग गर्न सक्छन तर के ओली पार्टीको कमान छाड्न तयार होलान? यो बिस्तारै समयले बताउने छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…