देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले पोखरामा हुन लागिको विजनेस एकाडेमी व्यवसायीहरुका लागि कोशेढुङ्गा सावित हुने बताउनु भएको छ ।
नेपाल जेसीजको आयोजनामा नेपालमै पहिलो पटक यहि जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने ऐकाडेमीले व्यवसायीहरुको जीवनलाई नै परिवर्तन गराउने बताउँदै एकाडेमीमा सहभागि हुन आग्रह गर्नु भयो ।
‘व्यवसायमा जति नाफा हुनु पर्ने हो भएको छैन’ अध्यक्ष पौडेलले भन्नु भयो –‘हाम्रो व्यवसायलाई परिवर्तन गर्नका लागि पनि यो एकाडेमी महत्वपूर्ण हुनेछ । यसले व्यवसायीहरुको जीवनलाई परिवर्नत गराउने छ ।’
‘कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रद्धारा हुन सक्दछ’ भन्ने जेसीजको पवित्र आस्था अनुरुप जेसीजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा शसक्त बनाइ राष्ट्रलाई आर्थिक समृद्ध बनाउने अभियानका साथ यो ऐकाडेमीको आयोजना गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेलले बताउनु भयो ।
पोखराको ग्राण्ड होटलमा ४ दिनसम्म सञ्चालन हुने यो ऐकाडेमीमा व्यवसायिक रुपमा सफल अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुद्धारा एकाडेमी सञ्चालन हुनेछ । मुख्य प्रशिक्षकका रुपमा भारतका रमन न¥यर र प्रशिक्षकका रुपमा भारतकै सेली चौधरी नेपालका उदाउँदा ट्रेनर सिनेटर राजाबाबु शाह रहनु भएको छ ।
एकाडेमीको तयारी अन्तिम चरणमा पुगेको निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषालले बताउनु भयो । ऐकाडेमीमा करिब ६५ जनाको सहभागिता रहनेछ ।