बाहुण्डाँगी, १८ जेठ । मेचीनगर नगरपालिका दोस्रो आमन्त्रण सूर्याेदय मेयर कपको च्याम्पियन बनेको छ । डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिकाले यो वर्षको उपाधि माथि पनि कब्जा जमाएको हो ।
शनिवार इलामको करफोकमा सम्पन्न फाइनल खेलमा देउमाइ नगरपालिकालाई ३–१ को गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधी चुम्न सफल भएको हो । जितसँगै मेचीनगरले नगद २ लाख ट्रफी र मेडल जितेको छ । उपविजेता बनेका देउमाइले नगद १ लाख प्राप्त गर्यो ।
मेचीनगरका लागि निरज बस्नेत, निशान लिम्बु र पुजन राईले गोल गरे भने देउमाईका लागि दुबै गोल कर्ण लिम्बुले गरे । खेलको हाइस्कोररको उपाधि समान ४ र ४ गोल गरेका मेचीनगरका खमिर गिल्सन लिम्बुर देउमाईका कर्ण लिम्बु घोषित भए । बेष्ट गोल किपरको उपाधि आयोजकका बिशाल थामी भए भने प्रतियोगिता भरीको सर्वोत्कृष्ट खेलाडीको उपाधि देउमाईका रोहित राई घोषित भएको मेचीनगर खेलकुद बिकास समिति सदस्य भुमिका सुब्बाले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको नेतृत्वमा मेचीनगर खेलकुद विकास समितिका संयोजक नविन बराल, सदस्य भूमिका सुब्बा, कार्यपालिका सदस्य कृष्ण कनाल, सामुदायिक विकास अधिकृत अनन्त वस्ती, खाद्य अधिकृत दिपेन्द्र कार्की, पूर्व महिला राष्ट्रिय खेलाडी अस्मिता खवास, वडा नम्बर १० का वडा अध्यक्ष सुदय पनेरु, प्रशिक्षक मिन बस्नेत, सचिन्द्र धिमाल,लगायत मेचीनगरको फुटबल टिम शनिवार फाइनल खेल्न इलाम पुगेको थियो ।