• काठमाडौँ । याक्थुङ युवा मञ्चले यहि जेठ २४ र २५ गते (शुक्रवार र शनिवार) नाचघरको मिनिहलमा “याक्थुङ ज्ञान महोत्सव” गर्ने भएको छ ।

    ‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नाराको साथ यो “याक्थुङ ज्ञान महोत्सव” गर्न लागिएको आयोजकले जानकारी दिएको हो ।
    कार्यक्रमको उद्देश्य समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने स्वरुप यो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

    कार्यक्रममा भाषा, लिपि, साहित्य, इतिहास, आन्दोलन, धर्म, संस्कार, संस्कृति, कला, विकास आदि विविध शिर्षकहरुमा छलफल हुनेछ ।
    लिम्बू समाजको रहनसहन, रीतिरिवाज, धर्म, संस्कृति, कला, साहित्य, सङ्गीत आदि विषयमा प्रस्तुती, छलफल गरिनेछ ।

    मुन्धुम, सभ्यता, इतिहास माथि पनि छलफल हुनेछ । यस्तै राष्ट्रिय विषयहरुमा सरोकार रहने राजनीतिक, आर्थिक, सामाजिक पक्षमा पनि छलफल गरिनेछ ।

    कार्यक्रमको सम्पूर्ण प्रस्तुतीहरुलाई युटयुर्व, सामाजिक सञ्जालहरु, अनलाईन लगायत विविन्न सञ्चार माध्यम सँग जोड्ने छौँ । साथै कार्यक्रमको सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसन गर्न पुस्तक प्रकाशन गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…