•  जेठ २१ गते ।

    गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ ।
    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ । अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो ।

    सोमबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।
    दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो ।

    छलफमला सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो । बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिइन्छ ।

    यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो । महासचिव विष्णु पौडेलले पोलिटब्युरो गठन तथा कार्यविभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जानकारी दिनुभयो । पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…