• बाहुण्डाँगी । नारायणगढ जेसीजले आयोजना गरेको अन्तर सञ्चार माध्यम हाजिरी जबाफ प्रतियोगितामा त्रिवेणी एफएम प्रथम भएको छ । जागृति चोक भरतपुरमा सोमवार भएको प्रतियोगितामा त्रिवेणीले ७ वटा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा त्रिवेणीका तर्फबाट हेमराज रिमाल र प्रतिमा तामाङ सहभागि रहनु भएको थियो । यसैगरी, नमस्ते टेलिभिन दोस्रो बनेको छ । नमस्तेका तर्फबाट विनोद खराल र रबि अधिकारी रहनु भएको थियो । प्रतियोगितामा कायकैरन दैनिकले तेस्रो स्थान हासिल गरयो । कायकैरनबाट हरि पौडेल र विजय विश्वकर्मा रहनु भएको शाखाका महासचिव अमृत श्रेष्ठले बताउनु भयो ।
    शाखा अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषाल, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्कीलगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…